• २०८३ बैशाख २७ गते आइतवार

बाढीले भत्काएको ताप्लेजुङ र पाँचथर जोड्ने हेवाखोलामा बेलिब्रिज निर्माण सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौं । गतअसार ३ गतेको अविरल बर्षापछि आएको बाढीले क्षति पु¥याएका भौतिक संरचनाको पुर्ननिर्माण शुरु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिभएका संरचनाको विवरण लिई पुर्ननिर्माण थालेको सडक विभागका महानिर्देशक सुशील बाबु ढकालले जानकारी दिए ।

गतअसार ३ गतेको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवाखोलाको पुल बगाएको थियो । पुल बगाएको दोस्रो दिन ४ असार देखि नै पुर्न निर्माण थालिएको छ । मन्त्री प्रकाश ज्वालाले हेवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुख लगायतमा तहतका निकायलाई निर्देशन दिएकाथिए ।

सोमबार प्रधानमन्त्री सहित मन्त्रीज्वाला बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका थिए । प्रभावित क्षेत्रमै पुगेर मन्त्रीज्वालाले क्षतिभएका संरचनाको तत्काल पुर्ननिर्माण थाल्न निर्देशन दिएका थिए । सोमबारदेखि नै काम शुरु भएको आयोजना प्रमुख विदुर पोखरेलले बताए । ‘बेलिब्रिज निर्माणका सामग्रीहरु निर्माण स्थलमा पुगि सकेका छन् ‘पोखरेलले भने ‘केही दिनभित्रमा बेलिब्रिजको काम सकेर यातायात सञ्चालन माल्याउने छौं ।’

Sharing

प्रतिक्रिया दिनुहोस