• २०८३ असार ४ गते बिहिवार

बोरामा फेला पर्‍यो महिलाको शव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, मोरङ। मोरङको बुढीगंगा गाउँपालिका–२ मा प्लाष्टिकको बोरामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१९ की सुनारको शव नरसिंह चौधरीको गोठमा फेला परेको प्रहरीले जनाएको छ ।

प्लाष्टिकको बोराभित्र पोको पारेरको अवस्थामा उनको शव फेला परेको हो । शरीरमा चोट लागेकाले हत्या गरेर बोरामा पोको पारेर फ्यालेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस