असार ४, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एनसेल सँग मुद्दाको विषयमा प्रष्ट पार्न सरकार सँग माग गरेका छन् ।सोमबार खर्च कटौतीको प्रस्ताव र निर्धारित विनियोजन शीर्षक माथिको छलफलमा सांसद सुवालले एनसेलसँगको १ खर्व उठाउने मुद्धा सरकारले जित्यो र ४५ करोड रुपैंंयाँ सरकारले एनसेललाई तिर्नु पर्ने भन्नेकुरा आएका छन् । तर उनले यसबारेमा नेपाली समाजमाभ्रम रहेकोले सरकारले नै यसबारेमा प्रष्ट पार्नु पर्ने माग राखे ।

उनले भने ‘ एनसेलसँग १ खर्व उठाउने मुद्धा सरकारले जित्यो भन्ने समाचार आयो । र एनसेलले तत्कालै सरकारलाई तिर्नु पर्ने छैन भनेर पनिआयो । यो के भएको हो ? र, अर्को ४५ करोड रुपैंंया एनसेलका अधिकारीहरुको कारणले सरकारले एनसेललाई तिर्नु पर्ने भन्ने पनि छ । यसमा सरकारको अधिकारीहरुको के कमजोरीभयो । जनताको आम्दानी चाहीँकेहीअधिकारीहरुको कारण एनसेललाई करोडौं तिर्नु पर्ने यसमा के भएको हो? सम्बन्धित अधिकारीहरुले असुल उपर गर्नु पर्छ जनताले एनसेललाई तिर्ने कुरा हुँदैन । ’
सांसद सुवालले ध्वनी प्रदूषण साईलेन्ट किलर भएको र यसलाई सञ्चार माध्यमले प्राथमिकतामा नराखेको गुनासो गरे । यसलाई नियन्त्रण गर्नु पर्ने पनिउनको सुझावथियो ।