• २०८३ साउन २६ गते मङ्गलवार

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न उपसमिति गठन (नामावलीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं । संसदीय समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न उपसमिति गठन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिले काम प्रारम्भ गरेको तीन साताभित्र समिति समक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ । उपसमितिले विधेयकका सम्बन्धमा संशोधन कर्तासहित सरोकारवालाहरुसँग छलफल र विधेयकमाथि दफावार छलफल गरेर प्रतिवेदन बनाउनुपर्नेछ ।

उपसमिति

सुवासचन्द्र नेम्वाङ, महेशकुमार बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान, शेरबहादुर कुँवर

Sharing

प्रतिक्रिया दिनुहोस