• २०८३ बैशाख १४ गते सोमवार

नेवा: मुस्लिम समाज द्वारा टर्कीमा गएको भुकम्प पीडितहरुको लागि सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौं । नेवा: मुस्लिम समाज द्वारा माघ २३ गते टर्कीमा गएको विनाशकारी महा-भुकम्प बाट विचलित परिवारहरुका लागि केही राहत संकलन गरी सहयोग गरेको छ । उक्त राहतमा बच्चाहरुको लागि सेरेलेक्स, ब्याल्केट, बच्चाहरुको लागि डाइपर र केही ज्याकेट हाम्रो नेपाल संस्था मार्फत टर्की पठाइएको छ ।


विगतमा हाम्रो देश नेपालमा पनि भुकम्प जाँदा टर्की द्वारा नेपाललाई ठुलै सहयोग गरेको थियो । हामीले पनि टर्कीका भुकम्प पीडितहरुको पिडा पुर्ण रुपले समाधान गर्न नसके पनि हामीले सकेका गरेका छौं र सबै शुभचिन्तक, साथीभाईहरुले गर्नुभएको सहयोग प्रति नेवा: मुस्लिम समाज सधैं आभारी रहने अध्यक्ष निसार उद्दिनले बताउनु भयो । साथै सहयोगी हातहरु लाई पनि हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस