• २०८३ बैशाख ५ गते शनिवार

नेपाल सुपर लिग : आज धनगढी र काठमाडौंबीच प्रतिस्पर्धा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ। साँझ ६ बजे खेलाइने खेल दशरथ रंगशालामा हुनेछ।

धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहँदा काठमाडौँ पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गनेयोजनामा हुनेछ।

अहिलेसम्मका खेलमा धनगढी अपराजित रहेको छ। धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ। यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौँ ८ अंकसहित चौथो स्थानमा छ।

Sharing

प्रतिक्रिया दिनुहोस