• २०८३ बैशाख २३ गते बुधवार

जनयुद्धमा तोड्न बाँकी मिटरब्याजको जालो सरकारमा पुगेर तोडेका छौंः मन्त्री शर्मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताएकी छिन् । शुक्रबार प्यूठानमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकार सामान्तवादका बाँकी अवशेष अन्त्य गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने काममै रहेको बताईन् ।

उनले भनिन्‘हामीले हिजो सामन्तवादको समूल अन्त्यका लागि दश वर्षे जनयुद्ध गरेका थियौं । जनयुद्धका कारण नेपालमा सारभूतरुपमा सामन्तवादको अन्त्य भयो तर अहिले पनि कतिपय क्षेत्रमा सामन्तवादका अवशेष बाँकी रहेका छन्, तीमध्ये मिटरब्याज पनि एउटा थियो, जो हामीले अहिले परास्त गरेका छौं । जनयुद्धको बेलामा समेत परास्त हुन नसकेको मिटरब्याजीको जालो तोड्नुलाई वर्तमान सरकारको ठूलो सफलता हो ।’

मन्त्री शर्माले सुशासनको पक्षमा सरकार दृढताका साथ प्रस्तुत भइरहेको उल्लेख गर्दै भ्रष्टाचारको विरुद्ध निर्मम बनेको बताईन् । सरकारको नेतृत्व गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल मन्त्र बनाएर अघि बढाएको उल्लेख गर्दै उनले सेवाप्रवाहलाई सहज बनाउँदै लगेको बताईन् ।

उनले भनिन,‘यसले गर्दा जनताबाट ब्यापकरुपमा समर्थन प्राप्त भइरहेको छ, तपाइँ जनतासँगै जोडिएका कार्यकर्ताहरुले सरकारले गरेका कामलाई थप स्थापित गर्न आवश्यक छ । जनस्तरमा रहेका नेता कार्यकर्ताले सरकारका काम जनताबीच लैजाने र जनताका आवश्यकता सरकारसम्म प्रभावकारीरुपमा पुर्याउन सके सुशासन र समृद्धिको गति अझ तीब्ररुपमा अघि बढ्ने छ ।’

भ्रष्टाचार र अनियमितताको अन्त्य नभएसम्म निष्ठाको राजनीति गर्नेहरु निरीह र कमजोर बन्नुपर्ने र उल्टै यसलेकेही गर्न सकेन भन्ने वुझाई स्थापित हुने, तडकभडक र भड्किलोपनलाई शक्तिशाली देख्ने प्रवृत्ति स्थापित हुने उललेख गर्दै उनले जो जुन जिम्मेवारीमा छ्, उसले इमानपूर्वक जनताको सेवा गर्नुपर्छ भन्ने सन्देश पनि वर्तमान सरकारले स्थापित गर्न खोजेको बताईन् ।

Sharing

प्रतिक्रिया दिनुहोस