असार ३, काठमाडौं । सङ्खुवासभामा बाढीले बगाएर १ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् । मृत्यु हुनेको पहिचान भने हुन सकेको छैन । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले थुनिएको खोला एक्कासि खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीका कारण चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा प्रभाव पर्नुको साथै परियोजनामा कार्यरत १९मजदुरमध्ये१७ मजदुरहरू सम्पर्कविहीन रहेको जनाइएको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।