• २०८३ जेष्ठ ३ गते आइतवार

बाढीले भत्काएको पूर्वी नेपालकाजिल्लाहरुको सडक खुलाउन बेलिब्रिज राखिने : मन्त्रीज्वाला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशज्वालाले असारको शुरूवातमै आएको बाढीका कारण पुलभत्काएर अवरुद्ध बनेका पूर्वी नेपालका सडक खुलाउन सरकारले तत्कालै बेलिब्रिजबनाउने भएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा मन्त्रीज्वालाले मेची राजमार्ग र तमोर करिडोरमा भत्किएका पुलनिर्माणको कामलाई तीब्रता दिइने बताएका हुन् ।

शनिवारको बाढीका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा भएको सडक र पुलमापुगेको क्षतिका बारेमा जानकारी दिँदै मन्त्रीज्वालाले पीडितको उद्धारका लागि सरकारले तीब्र रूपमाकाम अगाडि बढाइरहेको बताए । उनले भने,‘ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम जिल्लामा आएको अत्यन्तै भयानक बाढीपहिरो जनधनको ठूलो क्षतिभएको छ ।

पीडितको उद्धारका राहतका निम्तितीव्र रुपमाकाम अगाडि बढाएको छ । ।मेची राजमार्गमा पर्ने ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खेलापुल भत्किएपछि र तमोरको बेलिब्रिज बगाएपछि ताप्लेजुङ जिल्ला विछेद भएको छ,सडक सञ्जालबाट पूर्णरूपमा विच्छेद भएको छ, विद्युतपनि टुटेको छ ।सडक खुलाउन प्रयास शुरू भइसकेको छ । तत्कालै बेलिब्रिज बनाउँछौं ।’मन्त्रीज्वालाले राजमार्ग खुलाउन तीब्र रूपले कामसुरु गर्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस