फागुन ६, काठमाडौं । नेपाली सेनाले एकैपटक ५५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । आज सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा एकैपटक ५५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरिएको हो ।

कीर्तिमान कायम भएपछि प्रधानसेनापति प्रभुराम शर्मालाई गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधिले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।