फागुन ६, झापा । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले दमक नगरपालिका-६ पशुपती मार्ग बस्ने पूर्ण बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राईसमेत ८ जनालाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग भएको नगद १ लाख १० हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।