• २०८३ बैशाख ११ गते शुक्रवार

तस्बिरमा २६० औं सेना दिवस

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ६, काठमाडौं । नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा सेना दिवस मनाएको छ। विगतका वर्षमा जस्तै नेपाली सेनाले महाशिवरात्रिको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर २६० औं सेना दिवस मनाएको हो।

यस समारोहको प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी रहनुभएको थियो। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायधीश हरिकृष्ण कार्कीलगायत उपस्थित थिए।

blog

समारोहमा नेपाली सेनाले विभिन्न नृत्य प्रस्तुत गुर्नका साथै नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि, महाशिवरात्रि र सेना दिवस’ लेखिएको ब्यानर प्रदर्शन, कराते, ५५५ मादल बादन तथा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो।

\

गाेरखापत्रबाट

Sharing

प्रतिक्रिया दिनुहोस