• २०८३ बैशाख २८ गते सोमवार

टर्की भूकम्पमा बेपत्ता फरवार्ड क्रिस्टियन मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौं । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेर बेपत्ता भएका फरवार्ड क्रिस्टियन अट्सु मृत फेला परेका छन् । घानाका फरवार्ड क्रिस्टियन बस्दै आएको अपार्टमेन्टको भग्नावशेषमुनि मृत अवस्थामा फेला परेको बीबीसीले जनाएको छ।

क्रिस्टियनका एजेन्टले उनी मृत फेला परेको पुष्टि गरेको छ । ३१ वर्षीय फरवार्ड क्रिस्टियनले पछिल्लो समय टर्कीको हटेस्पोरबाट खेल्दै आएका थिए । उनि साउदी अरबको क्लब अल–रायदमा एक सिजन बिताएर हटेस्पोरमा अनुबन्ध भएका थिए । उनले प्रिमियर लिग क्लब न्युकासल युनाइटेड, चेल्सी, एभर्टन र बर्नमाउथबाट पनि खेलेका थिए ।

क्रिस्टियनले घानाका लागि ६५ खेल खेलिसकेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस