• २०८३ बैशाख १० गते बिहिवार

चिनियाँ राजदूतद्वारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न राजदूत चेन ओलीनिवास बालकोट पुगेका थिए ।

भेटवार्ताका क्रममा नेपाल र चीनबीच कायम सम्बन्ध र द्विपक्षीय हितबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ । नेपालमा सरकार परिवर्तन भएपछि काठमाडौँ आएका राजदूत चेनले पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्र पार्दै लगेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस