• २०८३ बैशाख १६ गते बुधवार

राष्ट्रियसभा निर्वाचन : १२ राजनीतिक दलले पाए चुनाव चिन्ह

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ।

आइतबार बसेको आयोगले बैठकले नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न आवेदन दिएका १२ वटा राजनीतिक दल दर्ता गर्ने निर्णय गर्दै क्रम निर्धारण तथा निर्वाचन चिन्ह प्रदान गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

जसअनुसार एमालेको सूर्य चिह्न पहिलो नम्बरमा परेको छ भने त्यसपछि कांग्रेसको रुख दोस्रो, माओवादी केन्द्रको गोलागारभित्रको हँसिया हथौडा तेस्रो र चौथोमा राप्रपाको हलो चिह्न रहेका छन् ।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ।

409748042_326292936919381_6369491348250332490_n

Sharing

प्रतिक्रिया दिनुहोस