• २०८३ जेष्ठ १ गते शुक्रवार

आजको मौसम : देशको पहाडी भेगमा आंशिक बदली

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भुभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

आज गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । देशभर चिसो बढेकाले त्यसबाट हुन सक्ने असरबाट बच्‍न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

पश्‍चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ। आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। गण्डकीको उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

Sharing

प्रतिक्रिया दिनुहोस