• २०८३ जेष्ठ २७ गते बुधवार

उच्च अदालतको आदेश : टेकनारायणसहित १० जनाको पुनरावलोकन प्रतिवेदन बालकृष्ण र टोपबहादुरको निवेदनसँगै पेस गर्नु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२, काठमाडौं । उच्च अदालतले, नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरावलोकन प्रतिवेदन बालकृष्ण र टोपबहादुरको निवेदनसँगै पेस गर्न आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइपछि बाँकी प्रतिवादीहरुले पनि जिल्ला अदालत काठमाडौंको फैसला पुनरावलोकन गर्न निवेदन गरेको देखिएकाले एकै पटक पेश गर्न आदेश दिएको हो ।

बालकृष्ण र टोपबहादुरको निवेदनसँगै आज सुनुवाइ भएका दशैजनाको अर्को पेशी एकैपटक पेश गर्न आदेश दिएको हो । उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री टोपबहादुर रायमाझीले समेत मुद्दा पुनरावलोकनको लागि निवेदन दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस