असार २, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिज्ञमा चार पुस्तालाई चाहिने सम्पति जोड्ने प्रवृति रहेको टिप्पणी गरेकी छिन् । शनिबार काठमाडौंमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुःखका विविध आयाम पुस्तक लोकार्पण गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरी कमाएर बस्ने प्रवृति परिवर्तन हुनुपर्ने बताइन ।
उनले राजनीतिज्ञमा पनि कमाएर खानुपर्छ भन्ने भावना विकसित हुनुपर्ने बताइन् । उनले भनिन्,‘ हर कोहि राजनीतिज्ञले काम नै गर्न नपर्ने आफ्नो रोजगारी बनाउनु पर्दैन ? राजनीतिमा लागरे जुका जस्तो टासियो अनि नमरुन्जेल सम्म सम्पति जोड्नुपर्ने तीन पुस्ता चार पुस्तालाई चाहिने सम्पति जोड्नु पर्ने प्रवृतिमा परिवर्तन आउनुपर्छ ।’
पूर्व प्रधानन्यायाधीश कार्कीले जनताले बढी उपयोग गर्ने प्याज र आलुमा सरकारले कर लाएको भन्दै आपत्ति समेत जनाईन् ।
