असार २, काठमाडौं । तारकेश्वर काभ्रेस्थलीमा स्थानीयले हिलाम्मे सडकमा रोपाई गरेका छन् । थुम्कीका स्थानीयले शनिबार काउँरेबाट थुमी साङ्गला सडकमा असारे गितमा नाचँगान गर्दे हिलाम्मे सडकमा रोपाई गरेका हुन ।
स्थानिय दिपेस अधिकारीका अनुसार हिलाम्मे सडकको स्तरोन्नतीमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान नपुगेकाले व्यांग्यात्मकरुपमा सडकमै धान रोपिएको हो । असन्तुष्ट स्थानीयले हिलाम्मे सडकमा धान रोपेर बिरोध जनाएका हुन।
वर्षाकाबेला सडक हिलाम्मे हुँदा पैदल आवत–जावतमा समेत सकस हुँदा समेत स्थानीय सरकारले बेवास्ता गरेको स्थानिय सुनिल अधिकारीले बताए । मूल सडकनै यस्तो अवस्था हुँदा बिरामी लगायत अती आबश्यक बस्तु संगै हिलडुलमा समेत कठिनाई भएको स्थानीयहरुको भनाइृ छ ।