जेठ ३, काठमाडौं । तारकेश्वरको शेषमती लामबगर सडकमा बस दुर्घटना भएको छ । काठमाडौं तार्केश्वर नगरपालिकाको काभ्रेस्थलीबाट बालाजु हुदै रत्नपार्क जाँदै गरेको यात्रुबाहाक बस शेसमतिमा दुर्घटना भएको हो ।
तिव्र गतिमा आएको बा३ ख ६३६७ नम्वको बसले नेपालटारबाट जरंखुतिर जाँदै गरेको मोटरसाइकलमा ठक्कर दिँदा मोटरसाइकल चालक महादेव खोलामा खसेको थियो भने ठक्कर दिने बसपनि खोलामा खसेको थियो । मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 
स्थानीयका अनुसार बसको तिव्र गतिका कारण ठक्कर दिएर अनियन्त्रीत भई बस पनि सँगै खोलामा खसेको बुझिएको छ । घटनास्थालबाट प्रहरीले गम्भिर घाइते मोटरसाइकल चालक र बसमा यात्रा गरेका १० जना यात्रुलाई ग्रिनसिटि अस्पतालमा पठाएको छ । केही यात्रुहरुका भने हातखुट्टामा चोट लागेको छ ।
घटनालगत्तै बसका चालक र सहचालक फरार रहेको बुझिएको छ ।
