• २०८३ असार २ गते मङ्गलवार

सत्ता गठबन्धनको बैठक छाडेर बाहिरिइन् रञ्जिता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठक चलिरहेको बेला नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी भने बैठक छाडेर बाहिरिएकी छन्। उनी बैठकबाट बाहिरिनुकाे कारण खुलेकाे छैन ।

हिजो सर्वोच्च अदालतले जिल्ला उच्चकै फैसला सदर गर्दै पार्टीका संरक्षक समेत रहेका रेशम चौधरी फैसला यथावत राख्ने फैसला गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस