• २०८३ जेष्ठ १७ गते आइतवार

कोटेश्वरमा एम्बुलेन्स दुर्घटना

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, काठमाडौं । कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा सञ्चालित प्रदेश–३–०१– ०२३ च ४७०५ नम्बरको एम्बुलेन्स कोटेश्वरमा दुर्घटना भएको हो।

गजेन्द्र स्मृति फाउन्डेसनबाट सञ्चालित एम्बुलेन्स दोलखाबाट बिरामी बाकेर काठमाडौं आएको थियो। सोही क्रममा विपरीत दिशाबाट आएको कारसँग एम्बुलेन्स ठोक्किएको थियो। दुर्घटनामा मानवीय क्षति भएको छैन। एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त बनेको छ। ठक्करपछि कारचालक फरार भएको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

Sharing

प्रतिक्रिया दिनुहोस