• २०८३ जेष्ठ १६ गते शनिवार

नेपाल सुपर लिग : एफसी चितवन र स्पोर्टिङ इलाम गोल रहित बराबरी

पोखरा दोस्रो स्थानमा
खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा शनिबार एफसी चितवन र स्पोर्टिङ इलामले बराबरी खेलेका छन् । दशरथ रंगशालामा दिनको दोस्रो खेलमा चितवन र इलामले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेल अवधिभर दुवै टिमले अवसर सिर्जना गरेपनि गोल निकाल्न भने सकेनन् । इलामका केही उत्कृष्ट प्रयासलाई चितवनका कप्तान बिशाल श्रेष्ठले असफल बनाएका थिए । प्लेअफ पुग्ने चितवनको गणितिय सम्भावना बाँकी छ । इलामले भने अब शीर्ष चारको दौडबाट बाहिरिएको छ ।

चितवनले ७ खेलबाट ६ अंक बटुलेर तालिकाको सातौं स्थानमा यथावत रह्यो । इलाम ५ अंक सहित तालिकाको पुछारमै रह्यो ।

पोखरा दोस्रो स्थानमा
दिनको पहिलो खेलमा पोखरा थन्डर्सले बिरगञ्ज युनाईटेडलाई २–१ ले हरायो । जित सहित पोखरा लिग तालिकाको दोस्रो स्थानमा उक्लियो । जोए आइडोले खेलको छैटौं मिनेटमा पोखरालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि बिरगञ्जका एकिन्स बाफोरले खेल बराबरीमा ल्याए । पहिलो हाफ सकिन एक मिनेट अघि मोसेस टुम्बाले गोल गर्दै पोखरालाई जित दिलाएका थिए ।

जित सहित पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गरेको छ । पोखराको ११ अंक भएको छ । बिरगञ्ज ५ अंक सहित पुछारदेखि दोस्रोमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस