मंसिर ३०, कुवेत । कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन भएको छ। कुवेतको आधिकारिक न्यूज च्यानलमा ८६ वर्षको उमेरमा उनको निधन भएको जानकारी दिएको हो ।
आमिर केही दिनदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिए र गत महिना मात्रै अस्पताल भर्ना भएका थिए । शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहले सेप्टेम्बर २०२० मा कुवेतको अमिरको पद ग्रहण गरेका थिए ।
