• २०८३ जेष्ठ १८ गते सोमवार

विद्यालयको बस दुर्घटना हुदाँ एक विद्यार्थीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोन २९, बाँके। बाँकेको खजुरामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा जेठीनालामा पल्टिएको हो।

मृत्यु हुनेमा कक्षा ६ मा पढने १२ वर्षीय योसेप नेपाली रहेको प्रहरीले जनाएको छ। परीक्षा दिएका विद्यार्थी पुर्‍याउन उक्त बस सिमलघारी जाने क्रममा दुर्घटनामा परेको हो। बसमा ४० जना विद्यार्थी सवार थिए।

Sharing

प्रतिक्रिया दिनुहोस