• २०८३ कार्तिक १४ गते शुक्रवार

२५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, तीनजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, मोरङ। मोरङको विराटनगरमा एक २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ मा ट्रक पार्किङ गरेर राखेको स्थानमा आइतबार राति युवतीमाथि सामूहिक बलात्कार भएको हो ।

पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक पक्राउ परेका छन् । तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् ।

अलपत्र परेकी युवतीलाई बसोवासका लागि सहयोग गर्ने बाहनामा उनीहरुले बलात्कार गरेका प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस