• २०८३ जेष्ठ १८ गते सोमवार

महिला विश्वकप फुटबल : इंग्ल्याण्ड अष्ट्रेलियालाई ३–१ ले हराउँदै स्पेनविरुद्ध फाइनलमा उत्रियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, काठमाडौं । इंग्ल्याण्ड पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्टेडियम अष्ट्रेलिया सिड्नीमा बुधबार सह– आयोजक अष्ट्रेलियालाई ३–१ ले निराश तुल्याउँदै इंग्ल्याण्डले उपाधिका लागि स्पेनसँगको भेट पक्का गरेको हो ।

इंग्ल्याण्डकी एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले गोल गर्दा अष्ट्रेलियाकी कप्तान सामन्था खेरले सान्त्वना गोल फर्काएकी थिइन् । खेलको ३६ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर ६३ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट प्रदर्शन गर्दै सामन्था खेरले अष्ट्रेलियाको लागि गोल फर्काउँदै खेललाई बराबरीमा उभ्याएकी थिइन । तर खेलको ७० औं मिनेटमा इंग्ल्याण्डकी लरेन हेम्पले गोल गर्दै पुनः आफ्नो टोलीलाई बढ्त दिलाइन् । यस्तै खेलको ८६ औं मिनेटमा एलेसिया रुसोले गोल थप्दै इंग्ल्याण्डको ३–१ को जितलाई सुनिश्चित गराइन् ।

यसअघि ३ पटकसम्म सेमिफाइनल भन्दा अघि बढ्न नसकेको इंग्ल्याण्डले पहिलो पटक फाइनलको यात्रा गर्दा उपाधिका लागि आगामी भदौ ३ गते स्पेनसँग खेल्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस