• २०८३ बैशाख ६ गते आइतवार

प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री बाबुराम बीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भटट्राई बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री संगको भेटपछि डाक्टर भटट्राईले, आफूहरु बीच समाजवादी मोर्चा निर्माण गर्ने गम्भिर सहमति भएको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘प्रम पुष्पकमल दाहाल प्रचण्डसंग हालैको भारत भ्रमण,संघीय बजेट,TRC लगायतका शान्ति प्रकृयाका बाकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी ! देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षागर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार,नीति,कार्यक्रम,संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्ष वीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी! बाहिर चलेका हल्लामान बग्न सबै संग आग्रहका लागि खटिन तयार भएका छन्।’

Sharing

प्रतिक्रिया दिनुहोस