• २०८३ जेष्ठ २१ गते बिहिवार

सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्की, प्रश्नोत्तर जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँगको प्रश्नोत्तर जारी छ । सो समितिमा कार्कीविरुद्ध परेका उजुरी तथा गत बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा सांसदहरुले प्रश्न सोध्ने क्रम जारी रहेको हो ।

संसद सचिवालयका कर्मचारीका अबरोधका कारण आधा घन्टा पछि सुरु भएको बैठकमा कार्कीसँग प्रश्न सोध्ने क्रम सकिएपछि उनले जवाफ दिने समितिले जनाएको छ ।

संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस