मंसिर २९, काठमाडौं । अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई भक्तपुर प्रहरीले बिहीबार सूर्यविनायक नगरपालिका–१० बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इलाम घर भएका ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुर घर भएका ३१ वर्षीय लेख बहादुर कार्की रहेका छन् । उनीहरुको साथबाट ५ राउण्ड गोलीलोड भएको म्याग्जीनसहितको पेस्तोल र लागुऔषध खैरौ हेरोइन ५ ग्राम फेला परेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
उनीहरुमाथि आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको छ ।