• २०८३ बैशाख ८ गते मङ्गलवार

कुवेतमा बन्धक बनाइएकी नेपाली चेली गंगा गिरीको उद्धार

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, काठमाडौं । कुवेतमा श्रीलंकाकी महिला एजेन्टबाट बन्धक बनाइएकी नेपाली चेली गंगा गिरीको उद्धार भएको छ । उद्धारपछि उनी बुधबार राति कुवेतबाट नेपाल आइपुगेकी छन् ।

उनलाई नेपालमा रहेको अमृतसार संस्थाले एक दिन काउन्सिलिङमा राख्ने र घरसम्म पुग्ने टिकट व्यवस्था गरेर पठाउने सस्थाका प्रतिनिधि सुमित्रा बस्नेतले बताइन् । आफन्त नाता पर्ने एजेन्ट नेगीमार्फत कुवेत पुगेकी उनी एक महिनादेखि गम्भीर बिरामी परेकी थिइन् । ६ महिना जति कुवेती नागरिकको घरमा काम गरेपछि बिरामी परेकी उनले आफूलाई नेपाल फर्काउन एजेन्ट नेगीलाई गुहारेकी थिइन् । तर, एजेन्ट नेगी नै सम्पर्कविहीन भएपछि उनी श्रीलंकाकी महिला एजेन्टबाट बन्धक बनाइएकी थिइन् । एजेन्टले आफूले ४ लाखमा किनेको र त्यो पैसा नदिएसम्म नपठाउने भन्दै बन्धक बनाएको बताइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस