• २०८३ बैशाख १८ गते शुक्रवार

चार जिल्लाका सीडीओ फेरिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मंगलबार मन्त्रालयले गरेको निर्णय अनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् ।

सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ भने चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । त्यसैगरी, मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ ।

यस्तै,धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस