• २०८३ बैशाख २७ गते आइतवार

भारतस्थित नेपाली राजदूत शर्माले हिन्दू धर्मको पक्षमा वकालत गरे : सांसद पन्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३२, काठमाडौं । नेकपाएमालेका सांसद रघुजि पन्तलेभारतस्थित नेपालका राजदूतले हिन्दू धर्मको पक्षमावकालत गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आफ्नो भनाइ राख्दै सांसद पन्तले भारतस्थित नेपाली राजदूत शंकर शर्माले घुमाएर हिन्दू राष्ट्रको वकालत गरेका छन् ।

उनले नेपालहिन्दू राष्ट्र नै भएको भए राम्राहुन्थ्यो भन्ने नेपाली जनताको भावना रहेको बताएर के भन्ने खोजेका हुन? भन्ने प्रश्नपनि सांसद पन्तको थियो । उनले भने ‘ नेपालले भारतको नयाँभवनमा राखिएको नक्साबारे राजदूतशंकर शर्माकोअभिव्यक्ति पनि ठीक भएन्। के भारतले दिएको परिभाषा नेपालले पनि स्वीकारेको हो ? राजदूतको भनाई आफैमा अन्तर विरोधी छ । यस बारे नेपाल सरकारको दृष्टिकोण के हो ? सदनलाई स्पष्ट पारियोस । ग्रेटर नेपालको नक्शामा सुगौली सन्धिर अघिको नेपाल र पछिको नेपाल स्पष्ट छुट्टाएको छ । तर भारतको नयाँ संसद भवनमा भएको नक्सामा कुनै ढंगले पनि अहिलेको र पहिलेको नछुट्टाई समान ढंगमा वर्तमान भारतकै अंग जसरी देखाईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस