• २०८३ मङ्सिर १३ गते शनिवार

टोपबहादुर रायमाझी पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन्। रायमाझीलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । तर त्यसपछि उनी फरार थिए ।

स्रोतका अनुसार मेडिकल गरेर मध्यरातमा टोपबहादुरलाई लैनचौर वृत्तमा पुर्‍याइएको थियो। उनलाई म्याद थपका लागि आज अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस