माघ १, काठमाडौं । काठमाडौँबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको विमान दुर्घटनापछि सरकारले सोमबार मुलुकभर शोक विदा दिने निर्णय गरेको छ । सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको हो ।

गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो । आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । दुर्घटनामा १५ जना विदेसी नागरिक परेका छन् । दुर्घटनामा परेको यती एयरको जहाजबाट अहिलेसम्म ६८ जनाको शव भेटिएको छ ।
