• २०८३ बैशाख ७ गते सोमवार

यति एयरलाइन्स दुर्घटना : एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी भएको बताउनुभएको छ ।

उहाँले दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस