• २०८३ बैशाख १९ गते शनिवार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट गरेकाे विमान दुर्घटनामा

पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौं ।  काठमाडौं । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको ९ एन–एएनसी विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट गरेको खुलेको छ। २२ डिसेम्बरमा पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा यही विमानले डेमो उडान गरेको थियो।

काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको थियो । जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए । जहाज क्याप्टेन कमल केसी र कोपाइलट अन्जु खतिवडाले उडाएका थिए । एस हुन्चु र ओए मगर परिचारिका थिए ।

पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा
सरकारले भोलि यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले साे निर्णय गरेकाे अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । बैठकले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन पनि गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस