• २०८३ जेष्ठ ३१ गते आइतवार

नेपाल सुपर लिग : चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अपराजित यात्रा कायम राख्दै धनगढी एफसी शीर्ष स्थानमा उक्लिएको छ । जारी सिजन लगातार ५ खेलमा अपराजित रहेको धनगढीले दशरथ रंगशालामा एफसी चितवनलाई १.० ले हरायो ।

खेलको दोस्रो मिनेटमै धनगढीका ओलावाले आफिजले गरेको गोल निर्णायक भयो । यो जितपछि धनगढीको ५ खेलबाट ११ अंक छ । यो सहित ३ खेल जितेको धनगढी २ खेलमा बराबरीमा रोकिएको थियो ।

दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ । पराजित चितवन भने पुछारबाट दोस्रो स्थानमा छ । जितपछि धनगढीको ५ खेलबाट ११ अंक छ । यो सहित ३ खेल जितेको धनगढी २ खेलमा बराबरीमा रोकिएको थियो । दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ । धनगढीले सुरुदेखि नै फरवार्ड लाइनमै तीन विदेशी खेलाडी खेलाएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस