• २०८३ बैशाख ८ गते मङ्गलवार

सरोकार समितिको गृहमन्त्रीलाई प्रश्न : राष्ट्रिय सुरक्षा नीतिमा साझा धारणा किन बनेन ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, काठमाडौं । राष्ट्रिय सरोकार सम्वन्य समितिका सभापति दिलकुमारी थापा रावलले, राष्ट्रिय सुरक्षा नीतिमा साझा धारणा नबन्नुको कारणबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएकी छ्नि ।बुधवार राष्ट्रिय सरोकार समितीको बैठकमा उनले महत्वपूर्ण सवालमा राष्ट्रिय सहमति बननेको र सरकार र मन्त्रालयबीच समेत समन्वयको अभाव देखिएकोबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएकी हुन् ।

‘राष्ट्रिय सुरक्षा नीतिमा साझा धारणा नबन्ने ,परराष्ट्रनीतिमा साझा धारणा नबन्ने र हाम्रा विदेश भ्रमणहरु सधैं आलोचित हुने विवाद मुक्त हुन नसक्ने यसको लागि सरकारले सरकार अदल बदल हुन सक्छ । तर हाम्रो सुरक्षा नीति चाँही स्थिर हुनुपर्छ । यो दिशा तर्फ हामी जानु पर्छ ।’ उनले भनिन् ‘सरकारका अन्तर मन्त्रालय र तहगत सरकारको बीचमा सम्वन्य छैन् ।’

Sharing

प्रतिक्रिया दिनुहोस