जेठ ३१, काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि रगत सम्बन्धि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्षको जुन १४ तारिखका दिन विश्वभरीका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् ।
दिवसको सन्दर्भमा सरोकारवालानिकायले विभिन्न संघ सस्था संग मिलेर सुरक्षित रगत र रगतउत्पादनको आवश्यकता बारेमा आम जनमानसमा सचेतना जगाउने तथा रक्तदान प्रदान गर्न प्रेरित गर्ने कार्य गर्दै र गराउँदै आएको पाइन्छ । यो वर्ष विरामीलाई जुनसुकै समयमा आवश्यकता पर्न सक्ने रगत र प्लाज्मादान गरेर मानव जिवन बचाउन प्रेरित गर्ने खालको नारा तय गरीविश्व रक्तदाता दिवस मनाइँदै छ ।
‘नियमितरुपमा रगत तथा प्लाज्मादान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथमा आजविश्वभर रक्तदाता दिवस मनाइँदै छ । पहिलो पटक मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर विश्वभर रक्तदाता दिवस मनाइन्छ ।
नेपालमापनि विभिन्न सङ्घसंस्था र अस्पतालहरुले रक्तदान सम्बन्धी जनचेतना फैलाउने, रगतदातालाई प्रोत्साहन गर्ने खालको रक्तदानको कार्यक्रमआयोजना गरेका छन् । त्यस्तै,ब्लड डोनर्श एसोसिएसन नेपालले साताव्यापी रुपमा सचेतना फैलाउने खालका विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।
