• २०८२ असार २४ गते मङ्गलवार

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : संकटासँग चर्च ब्वाइजको बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार चर्च ब्वाइजले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलको इन्जुरी समयमा संकटाका मनिष डाँगी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार चर्चका गोलकिपर प्रिसोले बचाए । चर्चका डिफेन्डर कमल श्रेष्ठले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो ।

अघिल्लो तीन खेलमा लगातार जित निकालेको चर्च ब्वाइजको यो पहिलो बराबरी हो । चर्च ब्वाइज ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । संकटाले ४ खेलमा ५ अंक जोडेको छ । संकटा आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस