• २०८३ जेष्ठ २९ गते शुक्रवार

पूर्वमन्त्री वर्षमान पुन अकस्मात बिरामी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, काठमाडौं । पूर्वमन्त्री तथा माओवादी नेता वर्षमान पुन अकस्मात बिरामी परेका छन् । माघी पर्व मनाउन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको बताइएको छ । अहिले पुनलाई लतितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ ।

पुनलाई वंशाणुगत जन्डिसको समस्या छ । उनको रगतमा जन्डिसको मात्रा अध्याधिक देखिँदै आएको छ । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार गराएर उहाँ केहीदिन पुस ५ गते मात्रै नेपाल फर्किएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस