असार २८, काठमाडौं । जननेता मदन भण्डारी को ७२ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय युवा संघ नेपाल तारकेश्वर नगर कमिटीले तारकेश्वर १० मा रहेको हिलेडोल पार्क सरसफाई गरेको छ । नेकपा एमाले तारकेश्वर नगर कमिटी राष्ट्रिय युवा संघ नगर कमिटी र अखिल नेपाल महिला संघ नगर कमिटीको संयुक्त आयोजनामा सरसफाई गरिएको हो।
तारकेश्वर नगरपालिका वडा नं १० को कार्यालयसँगै रहेको हिलेडोल हिमालय पार्कमा नया जनप्रतिनिधि आएदेखि बेवास्ता हुँदै आएकोमा स्थानियको गुनासो रहेको छ । वडा कार्यालय सगैं भएर पनि वडाले पार्क व्यवस्थित बनाउन कुनै पहल नगरेको गुनासो स्थानियले सामाजिक सञ्जालमा पोखिरहदा पनि वडा मौन बसेपछि आज सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा पूर्व जनप्रतिनिधिहरुका साथै स्थानिय समाजसेवी, नागरिकहरुको समेत सहभागिता रहेको थियो।















