जेठ ३०, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभाको आकस्मिक बैठक बोलाएका छन् । मुख्यमन्त्री यादवले आकस्मिक रूपमाआजै विश्वासको मत पनिलिने तयारी गरेका छन् ।

मधेस प्रदेशको प्रदेशसभा बैठक आगामी जेठ ३२ गते बस्ने भनिएकोमा आज आकस्मिक रूपमा बैठक डाकेर मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको नेपाली काँंग्रेसका प्रदेश सांसद कुमार कान्तझाले पुष्टि गरे । उनले भने,मुख्यमन्त्रीको कार्यालयबाट प्रदेशसभाको आकस्मिक बैठकका लागि बेलुका ५ बजे आउनुहोस् भनेर सन्देश आएको छ ।
सरकारलाई समर्थन दिएकाकुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र पुनःविश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ ।
एमाले सहितका दलको समर्थनमा गत पुष २७गते यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, एमाले गत चैत २१ गते मधेस सरकारबाट बाहिरिएको थियो भने जेठ १गते समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपछि आज३० औंदिनको दिनआकस्मिक बैठक बोलाएर मुख्यमन्त्रीले विश्वासको मत लिनलागेका हुन् ।