• २०८३ जेष्ठ २५ गते सोमवार

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं । नेपाल आयल निगमका कार्याकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी उनले आज मंगलबार राजीनामा पत्र बुझाएका हुन ।

सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका थानीको नाम कार्यकारी नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।

सिफारिसमा परेका तीन जनामध्ये तत्कालीन शेरबहादुर देउवा मन्त्रिपरिषद्ले थानीलाई निगमको जिम्मेवारी सुम्पिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस