• २०८३ कार्तिक ७ गते शुक्रवार

इरानमाथि नेपालको सहज जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २५, काठमाडौं । नेपालले यू१९ प्रिमियर कपमा इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमा अल आउट भयो ।

नेपालका दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो ।

नेपालका कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस