• २०८३ जेष्ठ ७ गते बिहिवार

संसद अवरोधले कानून निर्माणमा समस्या भयो : सभामुख घिमिरे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौं । सभामुख देवराज घिमिरेले पछिल्लो समय भइरहेको संसद अवरोधले नियमित कानून बनाउन समस्या भएको बताएका छन् । शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगले धुलिखेलमा आयोजना गरेको कार्यक्रममा उनले संसद अवरोधका कारण कैयौं विधेयकहरु छलफल र नियम कानून बनाउन नसकिएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने, ‘केही सातादेखि संसद नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौं विधेयकहरु छलफल भएको छैन । परिणाम दिने गरी नियम कानून बनाउन सकिरहेका छैनौं । पछिल्लो समय संसद अवरोध नियमित कानून बनाउन बाधक भएको छ । माननीयज्यूहरुले संसद अवरोध खोल्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।’

उनले संसदले पछिल्ला वर्षहरुमा नियमित काम गर्न नपाएको भन्दै अघिल्लो संसदमा पनि संसद विघटन, पुनस्र्थापना र निर्वाचनका कारण जनमुखी कानून निर्माणमा प्रर्याप्त छलफल हुन नसकेको स्मरण गरे । उनले मानवअधिकार आयोगको स्तर घटुवाको विषयले आफूलाई गम्भीर बनाएको बताए । यस विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस