जेठ २८, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’ मा सहभागि हुन चीन प्रस्थान गरेका छन् । आगामी असार १ र २ गते हुने उक्त प्रदर्शनीमा सहभागि हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित अध्यक्ष गणेशप्रसाद तिमिल्सिना गएराति चीन प्रस्थान गरेका हुन् ।

उनको नेतृत्वमा प्रतिनिधिसभाका सदस्य जीवन परियार, धवलशम्शेर जबरा, प्रदीप यादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिराम चौधरी प्रतिनिधिमण्डलमा सहभागी छन् । यस्तै, उनका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र सङ्घीय संसद् सचिवालयका उपसचिव रामहरि थापा पनि टोलीमा सहभागि छन् । कार्यक्रममा सहभागी हुनुअघि प्रतिनिधिमण्डलले बेइजिङ र साङ्घाई भ्रमण गर्नुको साथै बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
उनी असार ६ गते स्वदेश फर्किने छन् ।