फागुन २७, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार १० खेलाडीमा समेटिएको एपीएफ र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।

रोमान्चक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । ६९ औं मिनेटमा डिफेन्डर एडमा डम्बियाले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा समेटियो । एडमाले जावलाखेलका हिसुब थपलियालाई लडाएपछि पहिलो कार्ड प्राप्त गरे । तर, पहेलो कार्डपछि रेफ्रीसँग अभद्र व्यवहार गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड देखाउदै उनलाई मैदान बाहिर पठाए ।
यस बराबरीसँगै एपीएफले ३ खेलमा ४ अंक जोडेको छ । जावलाखेल अपराजित रहदै ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।