• २०८३ जेष्ठ २ गते शनिवार

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : संकटाको पहिलो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौं । संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । च्यासल मैदानमा शनिबार नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले हराउँदै संकटाले पहिलो जित निकालेको हो ।

संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए। ८० औं मिनेटमा रोशनले गोल गर्दा संकटा २-० ले अघि रह्यो । त्यसपछि खेलको ८६ औं मिनेटमा सुरजले गोल गर्दा संकटा ३-० ले विजयी भयो ।

जितसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । पुलिसको यो लगातार तेस्रो हार हो । पुलिसले ३ खेलमा अंक जोड्न सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस